महानगरको डोजर पुगेपछि स्थानीय र महानगरका प्रहरीबीच कपनमा झडप

काठमाडौं । स्थानीय वासिन्दासँग समन्वय नगरी कपनमा खहरे खोला खन्न गएको भन्दै स्थानीय र काठमाडौं महानगरका प्रहरीबीच झडप भएको छ ।

बिहिबार कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउने भन्दै काठमाडौं महानगरपालिकाको डोजर पुगेपछि स्थानीय र महानगर प्रहरीबीच झडप भएको हो ।

काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सिमानामा रहेको क्षेत्रमा खोला अतिक्रमण गरेर घर टहरा बनाइएको पाइएपछि भत्काउन खोजिएको महानगरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्