काठमाडौं । नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी भएको छ । सरकारले नयाँ कानुन निर्माण गर्ने र पुराना कानुन संशोधन गर्ने क्रमलाई प्राथमिकतामा राख्दै आएको छ । सोही अनुरुप सो नीति ल्याइएको सूचना तथा संचार मन्त्रालयले जनाएको छ ।
राज्य व्यवस्थाको सञ्चालन, विकासको व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा जनताका दैनिक क्रियाकलापहरू सूचना प्रविधिमा निर्भर हुँदै गइरहेको अवस्थामा सूचना प्रविधि प्रणालीलाई थप भरपर्दो र सुरक्षित बनाई यसको प्रयोगमार्फत हुने सेवा प्रवाहमाथि जनताको विश्वास बढाउन सो नीति आवश्यक रहेको सरकारले जनाएको छ ।
याे नीति कार्यानव्यनमा आएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट सूचना प्रविधि प्रणालीमाथि भइरहेका साइबर आक्रमणको प्रतिरक्षा गर्न सकिने सरकारको विश्वास रहेको छ ।
नागरिक अधिकारका विश्वव्यापी मान्यता, नेपालको संविधान प्रदत्त मौलिक हकप्रतिको प्रतिबद्धता समेतलाई कार्यान्वयन गर्न राष्ट्रिय साइबर सुरक्षा नीति फलदायी हुने सरकारले जनाएको छ ।
सूचना प्रविधि प्रणालीमा साइबर आक्रमणबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा हुन सक्ने आक्रमणहरूबाट सुरक्षित रहन साइबर सुरक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरिएको सरकाले जनाएको छ ।
हेनूहोस् पूर्णपाठ