काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जारी अधिवेशन नियमित गर्न माग गरेको छ । रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै जारी अधिवेशन नियमित गर्न आवश्यक पर्ने पहलकदमी लिइदिन सांसदहरूलाई आग्रह गरेको छ ।
उनले लोकतान्त्रिक विधि अपनाएर संसदीय अभ्यासभित्र रहेर संसद सुचारु गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको हुन् ।
रास्वपाले संसद नचलेको अवस्थामा हाजिरि मात्र गरेर तलव सुविधा लिनु उचित नरहेको भन्दै यसअघि अवरुद्ध भएको संसद बैठक र अब हुने संसद अवरुद्ध बैठकबाट आउने सेवासुविधा नलिन सांसदहरूलाई आग्रह समेत गरेको छ ।