काठमाडौं । जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहको शपथ ग्रहण भोलि (सोमबार) हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय मामिला ततथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको ठाउँमा साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन्।
आइतबार प्रधानमन्त्रीले माओवादी पदाधिकारी र मन्त्रीहरूबीच भएको छलफलमा मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय भैसकेको छ।
राष्ट्रपतिको सचिवालयका अनुसार साहको शपथ भोलि बिहान १० बजे हुनेगरी तय भएको छ।
आइतबार नै साहलाई मन्त्री नियुक्त गर्ने तयारी भइरहेको बताइएको थियो। प्रधानमन्त्री भरतपुरबाट काठमाडौं फर्किन ढिला भएका कारण भोलिलाई शपथ तय गरिएको हो ।