काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८६ पैसा पुगेको छ । आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ७७ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४३ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ९६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ३५ पैसा कायम गरिएको छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३० पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रूपैयाँ १७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ८३ पैसा र बिक्रीदर २८ रूपैयाँ ९६ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ९७ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ९२ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ४१ पैसा तोकिएको छ ।