काठमाडौं । नेपाल चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको माग गरेको छ ।
नक्कली कागजातको घटनामा सक्कली डाक्टरलाई पक्राउ गरिएको घटनामा काउन्सिलका अधिकारीले गलत विवरण उपलब्ध गराएको र सीआईबीले सोही व्यक्तिलाई पक्राउ गरेको भन्दै यस्तो माग गरेको हो ।
“घटनालाई गम्भीर रुपमा लिई कानुनी कारबाही अघि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघ यथाशीघ्र कडा कदम चाल्न बाध्य हुनेछ,” संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ । सीआईबीले निर्दोष चिकित्सकलाई पक्राउ गरी उनको मानमर्दन गरेको, मानसिक तनाव दिएको र यो घटनाले समग्र चिकित्सकीय सेवालाई दूषित तुल्याउने कार्य गरेको संघको ठहर छ ।
विज्ञप्ती