काठमाडौं । राजस्वले समातेको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा सो सुन गालिनेछ ।
बिहान साढे १० बजेदेखि गाल्ने कार्य हुने महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताए ।
यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्र्याइएको खुलेको थियो ।
सोमबार (हिजो) टक्सार महाशाखामा ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको निर्देशक आचार्यले जानकारी दिए ।