डोल्पाको जुफाल विमानस्थलमा २६ दिनपछि हवाईसेवा सुचारु

डोल्पा । अवरुद्ध रहेको हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थलमा आजदेखि हवाईसेवा सुचारु भएको छ । अवरुद्ध भएको छब्बीस दिनपछि हवाइसेवा सुचारु भएको हो ।

मौसम खुलेसँगै झन्डै एक महिनापछि आजबाट हवाईसेवा सुचारु भएको समिट एयर डोल्पाका प्रमुख पुर्णजंग शाहीले जानकारी दिए । बर्षायाम सुरु भएसँगै मौसममा आएको खराबीका कारण उडान हुन नसकेको शाहीको भनाइ छ । हवाई उडान सुचारु भएसँगै नेपालगन्ज विमानस्थलदेखि तारा एयरले एउटा उडान गरेको छ ।

कमेन्ट गर्नुहोस्