रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रामेछापका दोरम्बा शैलुङ गाउँपालिका डाँडाकटेरी पुगेका छन् ।
नेकपा (माओवादी केन्द्र)दोरम्बा शैलुङ गाउँपालिका संगठन समिति रामेछापद्वारा आयोजित २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धान्जली सभामा सहभागी प्रधानमन्त्री हुन दोरम्बा आएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गाउँपालिका संगठनद्धारा प्रकाशित समाजवादी बाटो नामक पुस्तकको विमोचन गरेका छन् । साथै उनले सो कार्यक्रममा शहिद परिवारलाई सम्मान समेत गरेका छन् ।