काठमाडौं । चारदलीय समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बैठक बस्नेछ ।
समाजवादी मोर्चाको बैठक आज साँझ ६ बजे बस्ने भएको हो ।
पछिल्लो समय उक्त मोर्चा निष्क्रियजस्तै देखिएको छ । मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा० र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् ।