काठमाडौं । सरकारले विज्ञापन नियमावली, २०७७ लाई संशोधन गरेको छ । संशोधन गरिएको ‘विज्ञापन नियमावली, २०८०’ राजपत्रमा प्रकाशित भइसकेको छ । संशोधन गरिएको नियमावलीमा विज्ञापन बोर्डलाई सञ्चार माध्यमबाट प्रसारण गरिने विज्ञापन सामग्रीको परीक्षण गर्ने जिम्मेवारी दिइएको छ ।
बोर्डले कारोबार गर्न रोक लगाएको विज्ञापनदाता, सञ्चार माध्यम वा विज्ञापन एजेन्सीसँग कुनै पनि विज्ञापनदाताले कारोबार गर्न वा गराउन नपाउने जनाइएको छ । बोर्डलाई विद्युतीय (डिजिटल) माध्यम वा सामाजिक सञ्जालमा हुने विज्ञापन तथा सूचनाको नियमन गर्ने अधिकार पनि दिइएको छ ।
आधिकारीक च्यानलमार्फत् विज्ञापन गरे वा नगरेको, ऐन तथा यस नियमावली बमोजिम विज्ञापन भए वा नभएको, बोर्डमा सूचीकृत सञ्चार माध्यम वा विज्ञापन एजेन्सीमार्फत् विज्ञापन भए वा नभएको आधारमा बोर्डले डिजिटल माध्यम र सामाजिक सञ्जालको नियमन गर्नेछ ।
पूर्णपाठ