चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो जाँदा सोमबार साँझदेखि सडक अवरूद्ध भएको छ ।
पहिरोका कारण दुईतर्फी रूपमा नै सडक ठप्प भएको भरतपुरको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।
पहिरो सफा गर्न स्काभेटर पठाइँदै गरिएको र सफा गर्न केही समय लाग्नसक्ने कार्यालयको सूचनामा उल्लेख छ ।वर्षा सुरु भएसँगै मुग्लिन-नारायणगढ सडकमा पटकपटक पहिरो जाँदा सडक अवरुद्ध हुँदै आएको छ ।
पूर्णरूपमा पहिरो पन्छाउन अझै समय लाग्ने बताइएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई आज वैकल्पिक बाटो प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।