काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि कुनै दिन पनि उनी फुर्सदमा छैनन् । उनका हरेक दिन व्यस्त रहेका हुन्छन् ।हरेक छण देशको हितमा केही राम्रो गर्न सकिन्छ कि भनेर चिन्तन गरीरहेका हुन्छन् उनी ।
यो कार्यकालमा ‘राम्रो गर्ने राम्रो बाहेक केही नगर्ने’ बताउँदै आएका प्रधानमन्त्री प्रचण्ड बालुवाटार निवासबाटै देशको सासन चलाउने परम्परा जस्तै बनेको भन्दै प्रधानमन्त्री नियमित सिंहदरबार जाने र प्रधानमन्त्रीले सरकार बालुवाटारबाट होइन सिंहदरबारबाट चलाउनुपर्छ भन्ने उदाहरण बनेका छन् ।
उनी भ्रष्टाचार र कुशासनको अन्त्य गर्दै सुशासन र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउन सरकारका काममा निकै दत्तचित्त भएर लागेका छन् । विकासमा राजनीति नगर्न आग्रह गरीरहेका छन् । उनले देशको हितका निम्ति सबै मिल्न आवश्यक रहेको बताउँदै आएका छन् र त्यसको निम्ति प्रयत्न पनि गरीरहेका छन् ।
पछिल्लो समय एउटा नेताले देशका लागि कसरी सोच्छ र कसरी मिहनेत गर्छ भन्ने उदाहरण बनेका छन् प्रधानमन्त्री प्रचण्ड ।
यस्तो रह्यो प्रधानमन्त्रीको आजको दिन
७ः३० बजे समाजवादी मोर्चाको बैठक, मिनभवन
८ः३० बजे कुटनीतिक भेट, सिंहदरबार
९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सुर्खेत प्रस्थान
१०ः३० बजे कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस मुल समारोह समितिको कार्यक्रममा सहभागी (सरकारी कार्यक्रम)
करिब १२ः०० बजे नीजि क्षेत्रसङ्ग छलफल (सुर्खेत उघोग बाणिज्य संघको कार्यालय)
करिब १ः०० बजे देखि पार्टी कार्यक्रम (पार्टीको कर्णाली प्रदेशको बैठकमा सहभागी)
३ः०० बजे सुर्खेतबाट उडान नभए पछि गाडीमा नेपालगन्ज प्रस्थान
६ः३० बजे नेपालगन्जबाट काठमाडौ प्रस्थान
८ः०० बजे बेलुकी सिंहदरबार पुगी अहिलेसम्म सदन खुलाउने उदेश्यले प्रमुख प्रतिपक्षी दल सहित राष्ट्रिय दलको मान्यता प्राप्त दलका नेताहरूसङ्ग बैठक जारी ।