प्रधानमन्त्री प्रचण्डद्धारा हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन र आँपटारी सबस्टेसन उद्घाटन (तस्बिर)

भरतपुर । भरतपुरको आँपटारीमा २२० केभीको सबस्टेसन र हेटौँडादभरतपुर बर्दघाट प्रशारण लाइनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । नेपाल विद्युत प्राधिकरण अन्तरगर्तको प्रसारणलाइन र सबस्टेशन प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ।

मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना २२०/१३२ केभी, भरतपुर सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना तथा १२० केभी सबस्टेसनको एकै पटक उद्घाटन गरिएको हो।यसमा आयोजना निर्माणमा नेपाल सरकारसँगै विश्व बैंककोसमेत ऋण लगानी रहेको छ।

कार्यक्रममा उर्जामन्त्री शक्तिबहादुर बस्नेत, भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, उर्जा सचिव दिनेश घिमिरेले, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत सहभागी थिए ।

 

 

कमेन्ट गर्नुहोस्