पर्यटन मन्त्री सुदन किराँतीलाई पितृ शोक

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । भोजपुर जिल्ला निवासी हर्क बहादुर राईको ७६ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

२००४ सालमा भाेजपुरकाे रामप्रसाद राई गाँउपालिकामा जन्मेका राई लामो समयदेखि प्यारलाइसिसबाट ग्रसित थिए। उनी वीर अस्पतालमा उपचारत थिए ।उनको निधनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले श्रद्धान्जली व्यक्त गरेका गर्नुको साथै परिवाजनप्रति समवेदना प्रकट गरेका छन् ।

मन्त्री किराँतीले पिताको निधन भएको सामाजिक संजाल मार्फत पुष्टि गरेका छन् । पिताको निधनको जानकारी दिँदै मन्त्री किराँतीले आफू पूर्ण रूपमा टुहुरो भएको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘भरखरै बुबाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभयो १ उप्रान्त बुवा आमा त रहनु भएन रह्यो त केवल खिची छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छाती भित्र । आज बाट हामी पूर्ण रूपमा टुहुरो भयौँ तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकी जीवन उहाँहरूको सेवामा लगाउने छु । निःशब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रद्धाञ्जली !’

कमेन्ट गर्नुहोस्