ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवाप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले मन्त्री निवास पुल्चोक पुगेर कितातीका बुवा हर्कबहादुर राईको पार्थिव शरीरमा पुष्प चडाएर श्रद्धान्जली व्यक्त गरेका हुन् ।
प्रधानमन्त्रीले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट समेत गरेका छन् ।