काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरूको सर्वदलीय बैठक जारी छ । सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठन गर्ने सम्बन्धी थप निर्णयका लागि आज पनि शीर्ष नेताको बैठक बसेको हो ।
गत मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न शीर्ष दलका नेताहरू सहमत भएका थिए । कार्यदलले समितिको काका तयार पारेकोले त्यसलाई आज शीर्ष नेताहरूले अनुमोदन गर्ने तयारी छ ।
यसअघि हिजो दिउँसो बस्ने भनिएको बैठक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएपछि आजसम्मलाई स्थगित भएको थियो । आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपमा सभापति रवि लामिछाने लगायतको उपस्थिति रहेको छ ।