काठमाडौं । धादिङमा बुधबार भएको बस दुर्घटना ८ जनाको मृत्यु भएको छ ।
धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको हो ।
काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान ११ बजे तिर सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीले १५ जना भन्दा बढी घाइतेको उद्धार गरेको छ । र्घटनामा घाइतेहरूको उद्दार गरी गजुरी अस्पलाल लगिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा उद्धार भइरहेको प्रहरीले जनाएको छ ।