सामाजिक एकता र सांस्कृतिक अन्तर्घुलनलाई प्रगाढ बनाउने विश्वास
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोःरा पर्वको शुभकामना व्यक्त गरेका छन् ।
आज गोःरा पर्वको उपलक्ष्यमा शुभकामना वक्तव्य जारी गर्दै गोःरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तर्घुलनलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरेका हुन् ।
शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले भनेका छन् – ‘हिमालय पर्वतीय श्रृङ्खलाअन्तर्गत ऐतिहासिकरूपमा मानसखण्ड भनेर परिचित सुदूरपश्चिम, कर्णाली तथा भारतको कुमाउँ तथा गढवाल क्षेत्रको मुख्य सांस्कृतिक चाडको विशेषता बोकेको गोःरा पर्वले सामाजिक एकता तथा सांस्कृतिक अन्तर्घुलनलाई अझै प्रगाढ बनाउन सक्नेछ भन्ने कामना गर्दछु ।’
यस्तो छ प्रधानमन्त्रीद्धारा व्यक्त शुभकामना