आज बाग्मती नदी महोत्सव तथा महाजलयात्रा, १५ वटा डुङ्गामा शयर गरिँदै

काठमाडौं । बाग्मती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि आज ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुँदैछ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज्ना (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको संयुक्त आयोजनामा अहिले बिहान ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो ।

नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको आयोजनामा अहिले बिहान ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो ।

नाराका उपाध्यक्ष शिशिर खनालले बाग्मती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको जानकारी दिए । ललितपुरको कुपण्डोल नजिकै बाग्मती पुलबाट शुरु हुने महाजलयात्रामा १५ वटा डुङ्गा रहने उपाध्यक्ष खनालले बताए ।

सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण बाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । बाजागाजासहित शुरु हुने महोत्सव तथा महाजलयात्रामा सबैलाई नदीनजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउने नाराले जनाएको छ ।

सहभागीले नदीमा सरसफाइसमेत गर्नेछन् ।

कमेन्ट गर्नुहोस्