काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा जारी छ ।
बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसिरहेको छ ।
अहिले बैठकमा योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् ।
बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, उपप्रधानमन्त्री तथा मन्त्रीहरू, मूख्यमन्त्रीहरू, मूख्य सचिव तथा सचिवहरू, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति रहेको छ ।