काठमाडौं । लालीको धनगढीस्थित स्वस्तिक अस्पतालमा तनाव उत्पन्न भएको छ।
चिकित्सकको लापरबाहीले पत्थरीको अप्रेसनको क्रममा बिरामीको मृत्यु भएको भन्दै पीडितका परिवार सहित आफन्त अस्पतालविरुद्ध विरोधमा उत्रिएका हुन् ।
अस्पतालमा भीडभाड बढेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अस्पताल प्रशासन र मृतकका आफन्तबीच भएको वार्ता विना निष्कर्ष टुंगिएपछि पीडित परिवार विरोधमा उत्रिएको हो।
घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, उपचारमा संलग्न डाक्टरलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग उनीहरूको छ।
उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको थियो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले बताएको छ ।