बुटवल । समाजवादी मोर्चा, नेपालद्वारा बुटवलमा आयोजित सन्देश सभा सम्पन्न भएको छ । सभालाई प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्बोधन गरेका छन् ।
सो सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पछिल्लो समय परिर्वतन विरोधिहरूले नेपालमा जातिय द्धन्द्ध भड्काउन, नेपाली समाजको सद्भाव तोड्न सकिन्छ कि भनेर कोशिस गरिरहेको बताएका छन् । प्रधानमन्त्रीले परिर्वतन विरुद्ध हुने त्यसकिसिमका गतिविधि रोक्दै समाजवादको यात्रामा तय गर्न समाजवादी मोर्चा आवश्यकता थप मजबुत बन्दै गएको बताएका छन् ।
उनले आफु प्रधानमन्त्री भैसकेपछि सुशासन र समृद्धिको लडाइ सुरु गरेको बताएका छन् । उनले अहिले प्रधानमन्त्री भैसकेपछि नयाँ तरिकाले काम गर्न लागेको र जनताको जनजिवनका, सामाजिक न्यायको निम्ति देखिनेगरी काम सुरु गरेको बताएका छन् । त्यसमा आम जनताको साथको अपेक्षा समेत उनको रहेको छ ।
सभालाई प्रधानमन्त्री प्रचण्ड लगायत लगायत शिर्ष नेताहरूले सम्बोधन गरेका हुन् ।