बुटवल । समाजवादी मोर्चाले लुम्बिनी प्रदेश समन्वय समिति घोषणा गरेको छ । जसमा मोर्चा सम्बद्ध दलबाट तीन तीन जना नेता रहेका छन् ।
समाजवादी मोर्चा नेपालले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभामा प्रदेश समन्वय समिति घोषणा गरिएको हो ।
जसमा माओवादी केन्द्रबाट सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी, एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी, जसपाबाट नवीनकुमार सुनुवार, मणिकर कार्की र अशोक यावद तथा नेकपाको तर्फबाट वसन्त सी, नारायण सी र सम्झना सी रहेकी छिन् ।
समितिको अध्यक्ष चार महिनाका लागि नेकपाले गर्नेछ ।