काठमाडौं । विद्युतीय सिगरेट भेपमा सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएपछि नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा सीआईबीमा उपस्थित भएका छन् ।
सामाजिक संजाल फेस्बुकमा स्टाटस लेख्दै उनले आफु स्वंम नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) उपस्थित भएको बताएका छन् ।
महराले लेखेका छन् -‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स सैलिमा मिडिया ट्राएल गरी हामी माथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सीआईबी मा उपस्थित भै अनुसन्धानमा सहजिकरण गर्दैछु। नविराउनु, नडराउनु ।’