ई.अ.सं. द्धारा शूल्क वृद्धि फिर्ता, विद्यार्थीले आन्दोलन फिर्ता लिने सहमति

काठमाडौं । इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत हाल वृद्धि गरिएको शुल्क फिर्ता लिने भएको छ ।

आज भाद्र १३ गते त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू तथा विभिन्न विद्यार्थी संगठनका पदाधिकारीहरू बीच भएको छलफलममा शुल्क फिर्ता र आन्दोलन फिर्ताको निर्णय भएको हो ।

सहमतिमा उपकुलपति सहित इन्जिनियरिङ्ग अध्ययन संस्थानका पदाधिकारीहरू र  विद्यार्थी संगठनका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

आज नै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विद्यार्थी संगठनका प्रतिनिधिहरूसँग भेट गरी शुल्क घटाउने प्रतिबद्धता जनाएका थिए । उनले जनताका छोराछोरीले सस्तो र सुलभ शिक्षा पाउँनुपर्नेमा सरकार गम्भिर रहेको बताएका थिए ।

यस्ता छन् छलफलका निर्णय

१. इन्जिनियरिङ्ग अध्ययन संस्थानअन्तर्गत हाल बृद्धि गरिएको शुल्क फिर्ता लिन निर्देशन दिने ।
२. आजैको मितिमा बिद्यार्थी प्रतिनिधि सहित गठन हुने समितिबाट सात दिन भित्रमा प्रतिवेदन पेश गर्ने र प्राप्त राय सुझावको आधारमा कायम गरिने शुल्कलाई लागू गर्न सबै पक्ष सहमत हुने ।
३. उक्त शुल्क लागू गर्न सहमत भइसकेको अवस्थामा हाल स्थगित गरिएका प्रवेश परीक्षा लगायत सबै कार्यक्रमहरु सुचारु गरिने ।
४. ई.अ.सं. अन्तर्गतका अन्य परीक्षाहरु यथावत् संचालनमा कुनै किसिमको बाधा अवरोध नगर्ने ।
५.आजकै मितिबाट आमरण अनशन लगायतका सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता गरिने ।

कमेन्ट गर्नुहोस्