काठमाडौं । इन्जिनियरिङ शिक्षामा बढाइएको शुल्क फिर्ता हुने सहमतिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बालुवाटारमा आन्दोलन गर्ने जनाएको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले सामाजिक संजाल फेस्बुक मार्फत बढाइएको शुल्क फिर्ता लिने सहमति पत्रलाई धोकापत्र भनेका छन् । उनले उक्त सहमति पत्र जलाइएको पोस्टर सार्वजनिक गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसहितका पदाधिकारीले विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँग बुधबार शुल्क फिर्ता लिनेसहित पाँच बुँदे सहमति गरेका थिए ।
उक्त सहमतिसँगै इन्जिनियरिङ शिक्षामा बढाइएको चर्को शुल्क खारेज भएर पुरानै कायम हुने भएको थियो ।