काठमाण्डौ । एसिया कप क्रिकेटमा भारतसँग खेल्नका लागि नेपाली टोली श्रीलङ्का पुगेको छ ।
नेपाली टोली पाकिस्तानबाट आज बिहीवार दिउँसो श्रीलङ्का पुगेको हो । नेपाल र भारतबीच आउँदो सोमवार खेल हुँदैछ । यो समूह ए को अन्तिम खेल हो ।
यसअघि हिजो बुधवार उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो । पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १ सय ४ रनमै अलआउट भयो ।