भारतसँग क्रिकेट खेल्न श्रीलङ्का पुग्यो नेपाली टोली

काठमाण्डौ । एसिया कप क्रिकेटमा भारतसँग खेल्नका लागि नेपाली टोली श्रीलङ्का पुगेको छ ।

नेपाली टोली पाकिस्तानबाट आज बिहीवार दिउँसो श्रीलङ्का पुगेको हो । नेपाल र भारतबीच आउँदो सोमवार खेल हुँदैछ । यो समूह ए को अन्तिम खेल हो ।

यसअघि हिजो बुधवार उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो । पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १ सय ४ रनमै अलआउट भयो ।

कमेन्ट गर्नुहोस्