काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका छन् । प्रोस्टेटको शल्यक्रियाका लागि खड्का अस्पताल भर्ना भएका हुन् ।
उनको अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा.भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले खड्काको प्रोस्टेटको सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनी बुधबार अस्पताल भर्ना भएका थिए ।
शल्यक्रियापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालको वार्डमा रहेका रक्षामन्त्री खड्कालाई स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । भेटका क्रममा प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।