काठमाडौंका यी सडकमा आज सवारीसाधन चलाउन रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गरेको छ ।

आज गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालान गर्न नदिइने काठमाडौं महानगरपालिकाले यसअघि नै जनाइसकेको छ ।

असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेश गर्न नदिने महानगरपालिकाले सार्वजनिक सूचना निकालेर जानकारी दिइसकेको छ ।

कमेन्ट गर्नुहोस्