काठमाडौं। समाजवादी मोर्चाले आज सन्देश सभा गण्डकी प्रदेशमा गर्ने भएको छ । पोखरामा आयोजना हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्नेछन् ।
मोर्चाले हिजो कर्णाली प्रदेशमा सन्देश सभा सम्पन्न गरेको थियो । सो अवसरमा समाजवादी मोर्चाको कर्णाली प्रदेश कमिटी घोषणा पनि भएको छ ।