काठमाडौं । पूर्वसभामुख माओवादी केन्द्रका उपाध्यक्ष एंव प्रवक्ता अग्निप्रसाद सापकोटाको फेस्बुक ह्याक भएको छ ।
निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको सचिवालय नामक फेस्बुक पेज ह्याक भएर अनावश्यक पोस्ट भैरहेको सापकोटाका प्रेश संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
उनले भनेका छन् -‘निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयु नामको फेसबुक पेज ह्याक भइ जथाभवी पोष्ट भएको पाइएकोले सचेत हुन अनुरोध गर्दछौं ।’
उनले पेज नियन्त्रणमा ल्याउने प्रयास भैरहेको जानकारी दिएका छन् ।
पछिल्लो समय नेताहरूको फेस्बुक ह्याक गरेर पेज नियन्त्रममा लिई अनावश्यक पोस्टहरू गर्ने क्रम बढेको छ । केही समय अघि मात्रै माओवादी नेता जनार्दन शर्माको फेस्बुक पेज ह्याक भएको थियो । ह्याकरले नेताहरुको फेस्बुक एडमिन हेर्ने व्यक्तिको फेस्बुक ह्याक गरी पेज नियन्त्रणमा लिने र अनाधिकृत पोस्ट गर्ने गरेको पाइएको हो ।