काठमाडौं । समाजवादी मोर्चाको गण्डकीस्तरीय सन्देश सभा सम्पन्न भएको छ । सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोर्चाको अध्यक्ष समेत रहेका नेकपा (एकृकित समाजवादीका) अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव लगायतले सम्बोधन गरेका छन् ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल गर्ने बताएका छन् ।
‘कोरोला नाका र रूइला नाका खोल्न चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको छ । साथै, पोखरा र लुम्बिनी एयरपोर्टबाट सिधै चीनका विभिन्न सहरमा उडान भर्नेबारे छलफल गर्नेछु’, प्रचण्डले भने ।