प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी सिनेटर होलेनको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच शिष्टाचार भेट भएको छ ।

सिनेटर क्रिस भान होलेन प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटमा नेपाल–अमेरिका सहयोग लगायत आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन आज (शुक्रबार) नेपाल आइपुगेका हुन् ।

कमेन्ट गर्नुहोस्