माओवादी केन्द्रद्वारा काठमाडौंको गोंगबुमा रक्तदान तथा स्वास्थ्य शिविरको आयोजना

काठमाडौं । नेकपा (माओवादी केन्द्र(ले काठमाडौंको गोंगबु बसपार्कमा शनिबार बिहान रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको छ।
तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो।

माओवादी काठमाडौं महानगर २६ नम्बर वडाद्वारा आयोजित रक्तदान र स्वास्थ्य शिविरको सो पार्टीका उपहमासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले उद्घाटन गरे।

संगठन सुदृढीकरण र विस्तारका लागि माओवादीले आजदेखि देशभर एकैपटक अभियान सञ्चालन गर्दैछ। माओवादीले पदाधिकारीदेखि केन्द्रीय सदस्यसमेतलाई वडा वडाको ज़िम्मेवारी दिएर अभियानमा खटाएको छ।

कमेन्ट गर्नुहोस्