काठमाडौं ३० मा माओवादीको विशेष रूपान्तरण अभियान, सदस्यता वृद्धि प्राथमिकता

काठमाडौं । काठमाडौं महानगरको वडा नं.३० मा माओवादी केन्द्रको विशेष रूपान्तरण अभियान कार्यक्रमको सुभारम्भ भएको छ । अभियानको दिउँसो एक बजे रातोपुलमा एक विशेष कार्यक्रमकाबीच माओवादी केन्द्रका केन्द्रीय सदस्य मनहरि तिमिल्सिनाले सुभारम्भ गरेका हुन् ।

अभियान सुभारम्भमा वडा ३० मा माओवादी केन्द्रको अवस्था र अभियान सञ्चालनबारे अन्तक्रिया भएको थियो । उक्त अन्तक्रिया कार्यक्रममा वडाका नेताकार्यकर्ता साथै सोहि वडामा अभियानलाई खटाइएका पार्टीका विभिन्न कमिटीमा रहेका नेताहरूको सहभागीता रहेको थियो ।

कार्यक्रमा नेताकार्यकर्ताबीच अनुभुति साटासाट गर्नुका साथै आगामी तीन महिन वडामा सञ्चालन गरिने अभियानका विषमा छलफल भएको थियो । अभियामा वडा नम्बर ३० लाई नमुना वडा बनाउँने लक्ष्य लिएको छ । पार्टीको उदेश्य र सरकारले गरेका काम लिएर जनता माझ जान लागेको माओवादी केन्द्रले वडामा सदस्यता वृद्धिलाई प्राथमिकता दिएको छ । सोही योजना अनुरुप आज ४ जनालाई नयाँ सदस्यता दिंइ पार्टीमा स्वागत गरिएको छ ।

नयाँ सदस्यलाई स्वागत गर्दै अभियाका लागि वडा नं ३० को इन्चार्जको भुमिकामा रहेका पार्टी केन्द्रीय सदस्य मनहरि तिमिल्सिनाले सरकारले भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा गरेका कामलाई लिएर जनतामा जान आग्रह गरे । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण,सुशासन र सामाजिक न्यायका क्षेत्रमा काम गरेकोसँगै आम जनतालाई जोडेर माओवादी केन्द्रलाई आम जनतको पार्टी बनाउने अभियानमा लाग्न निर्देशन दिए ।

साथै, उनले अहिले महंगी बढेको प्रति सरकारको ध्यानाकर्षण भएको बताए । उनले अब सरकारले महंगी नियन्त्रणको कार्ययोजना बनाउने जानकारी समेत दिए ।

कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डले उद्घाटनका क्रममा बिहान ९ बजे गरेको सम्बोधनको भिडियो प्रस्तुती सुनाइएको एंव देखाइएको थियो । कार्यक्रमको अध्यक्षता वडा ३० का माओवादी केन्द्रका अध्यक्ष तिर्थ मर्हजनले गरेका थिए ।

कमेन्ट गर्नुहोस्