महानगर गाडिमा शनिबार पत्नी सवारी : प्रहरीको सोधपुछपछि मेयर बालेनकाे धम्कि– सिंहदरबारमा आगो लगाइदिन्छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा सिंहदरबार जलाइलिने धम्कि दिएका छन् । शनिबार राति उनले फेसबुकमा केन्द्र सरकारप्रति रोष प्रकट गरेका हुन् ।

स्रोतका अनुसार उनी अक्रोशित हनुको कारण पत्नी सवार महानगरको गाडि शनिबार किन चलाएकाे भनेर प्रहरीले सोधपुछ गर्नु रहेको छ ।

मेयर चढ्ने सरकारी गाडीमा अरु केही महिलासहित मेयर पत्नी तीजको दरखाने कार्यक्रममा जाँदै थिइन् ।सार्वजिक बिदाको दिन सरकारी गाडीमा असम्बन्धित मान्छे चढेर गुडाएको भन्दै प्रहरीले रोकेर केहीबेर केरकार गर्यो । प्रहरीले कागजपत्र मागेको थियो भने चालकले महानगरको गाडि हो भन्दै कागजपत्र दिन आनाकानी गरेका थिए । पछि छाडिदियो ।

करिब तीन मिनेट संवादपछि फेरि शनिवार नचलाउन भन्दै प्रहरीले गाडी छोडेका थिए । गाडी यसरी रोकिएको केही बेरपछि नै बालेनकाे स्ट्याटस आएको हो ।

“आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,” उनले फेसबुकमा लेखेका छन् ।

कमेन्ट गर्नुहोस्