एशिया कप क्रिकेट : आज भारतसँग भिड्दै नेपाल, इतिहास रच्ने अवसर

काठमाडौं । एसिया कप क्रिकेटमा आज नेपालले विश्व क्रिकेटको अर्को महारथी भारतको सामना गर्ने छ । भारतसँग हुने खेलमा नेपाललाई फेरी पनि एक पटक इतिहास रच्ने अवसर रहेको छ ।

आज दिउँसो श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा दिउँसो सवा तीन बजे हुने खेलमा भारतलाई पराजित गर्न सके नेपाल भारतलाई पछि पार्दै सुपर फोरमा पुग्ने छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेको लामो समयपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो । प्रतियोगिताको उदघाटन खेलमा विश्व वरियताको पहिलो नम्वरमा रहेका पाकिस्तासँग २३८ रनले पराजित नेपाली टोली दोस्रो खेल भारतसँग खेल्न लागेको हो ।

यो समूहमा रहेको पाकिस्तान भारत वीचको खेल बर्षाको कारण रद्द भएपछि दुवै टोलीले एक एक अंक बाँडेका छन । यो खेलसँगै पाकिस्तान समूह ए बाट सुपर फोरमा पुग्ने पहिलो टोली बनेको छ ।

भारतको एक अङ्क र नेपाल अङ्कविहीन छ । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् र सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

कमेन्ट गर्नुहोस्