सङ्क्रमणकालीन न्याय टुंग्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्याय टुंग्याउन नेपाल सरकार प्रतिबद्ध रहेको दोह्याएका छन् । काठमाडौंमा आयोजित नेपालमा संक्रमणकालीन न्याय र दण्ड सजायको व्यवस्था सम्बन्धि राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्रीले भने – ‘पीडितहरूलाई क्षतिपूर्ति प्रदान गर्न र गम्भीर मानवअधिकार उल्लङ्घनका दोषीहरूलाई न्यायको कठघरामा ल्याई सत्यतथ्य खोज्नको लागि विश्वसनीय सङ्क्रमणकालीन न्याय टुंग्याउन, म नेपाल सरकारको तर्फबाट प्रतिबद्धता दोहोर्‍याउन चाहन्छु। यसमा हामी विस्तृत शान्ति सम्झौता, नेपालको सर्वोच्च अदालतको निर्देशन र सान्दर्भिक अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू साथै पीडितहरूको सुझब तथा चाहानबाट निर्देशित हुनेछौं।’

कार्यक्रममा नेपालको संसदले संक्रमणकालीन न्याय कानूनबारे छलफल अगाडि बढाइराखेको सन्र्दभमा आयोजित संक्रमणकालीन न्याय र दण्ड सजायको व्यवस्थाबारे गरीएको अन्तरक्रियाले नेपालको संक्रमणकालीन न्याय प्रक्रिया टुंङ्ग्याउन मदत पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । अन्तक्रियामा हुने छलफल र कोलम्बियाली न्याय प्रक्रिया नेपालको समस्या समाधानका लागि महत्वपूर्ण हुने उनको भनाई थियो ।

कार्यक्रमको अवधिभर बसेर न्याय र दण्ड सजायबारेका छलफलमा सहभागी हुने इक्षा भएपनि कार्यव्यस्तताको कारण आफु बस्न नसकेको बताउँदै प्रधानमन्त्रीले कार्यक्रमको निश्कर्षबारे आफुले जानकारी राख्ने बताए ।

कमेन्ट गर्नुहोस्