एसिया कप क्रिकेट भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं। एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ् गरिरहेको छ ।

भारतले टस जितेर पहिले फिल्डिङ् गर्ने निर्णय गरेको हो ।

नेपाल र भारतविरुद्धको खेल श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ ।

पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको नेपाल भारतलाई जित्नैपर्ने दबाबमा छ ।

भारतसँग पराजित भएमा नेपालको यस पटकको एसिया कपको यात्रा समाप्त हुने भएकाले नेपाललाई जित्नैपर्ने दबाब छ ।

कमेन्ट गर्नुहोस्