वर्षाका कारण नेपाल-भारतबीचको खेल अझै सुरु हुन सकेन

काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ।

श्रीलंकाको पेलेकेलेमा जारी खेलमा नेपालले भारतलाई दिएको २ सय ३१ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा वर्षाका कारण खेल अवरुद्ध हुन पुगेको हो। खेल रोकिनुअघि भारतले २.१ ओभर १७ रन बनाउँदा वर्षा सुरु भएको थियो।

नेपालले ४८.२ ओभरमा पूरा विकेट गुमाउँदै दुई सय ३० रन बनाएको हो। नेपालको इनिङ्समा ओपनर आसिफ सेखले अर्धशतकीय इनिङ्स खेले।

कमेन्ट गर्नुहोस्