काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशमा गरीएको सहमति प्रयास असफल भएपछि आज मतदान हुने भएको छ । हिजो मतपत्र छाप्न समय लागेपछि आज बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
यसअघि हिजो साँझ ८ बजेबाट मतदान हुने भनिएको थियो । लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि हरिप्रसाद रिजाल र राधकृष्ण कँडेलबीच प्रतिष्पर्धा हुँदै छ ।लुम्बिनी प्रदेशमा एमालेको भावि नेर्तत्व भनेर मानिएका शंकर पोख्रेल र विष्णु पौडेल खेमाका नेताहरुको प्रतिस्पिर्धा हुन लागेको नेताहरुको बताउँछन् ।
यद्यपी लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् ।