आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत किन्ने प्रस्ताव भारतीय मन्त्रिपरिषद‍्द्धारा स्वीकृत

काठमाडौं । नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने नेपाल भारतबीच भएको सम्झौताको प्रस्ताव भारतको मन्त्रिपरिषले स्वीकृत गरेको छ । भारतका लागि नेपाली राजदूत डा।शंकर शर्माले यसबारे जानकारी दिँदै नेपालको विद्युत् विकासमा नयाँ रोडम्याप तयार हुने बताएका छन् ।

‘यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका दौरान आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले बिजुलीलाई प्राथमिक्तामा राखेको थियो । बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्बाट पारित हुनु नेपाली बिजुलीका लागि सबैभन्दा ठूलो सम्झौता हो । यतिबेला नेपाल वर्षायाममा बिजुली उत्पादनमा आत्मनिर्भर बनिसकेको छ ।

सुख्खायाममा हालसम्म भारतसँगै निर्भर बन्नुपरे पनि आगामी २र३ वर्षमा आत्मनिर्भर बन्ने नेपाल विद्युत् प्राधिकरणको आकलन छ । यस्तो अवस्थामा हाल नेपालको राष्ट्रिय प्रसारण लाइनमा २७ सय मेगावाट बिजुली जोडिएको छ । यसमध्ये नेपालको सरदर खपत १५ सय मेगावाट हुन्छ ।

यसबाहेक, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तल्लोअरुण र फुकोट कर्णाली परियोजना विकासका लागि सम्झौता समेत भएको छ । ६६९ मेगावाट क्षमताको तल्लो अरुण परियोजना विकास सम्झौता (पीडीए) भएको छ भने ४८० मेगावाट क्षमताको फुकोट कर्णालीको सम्बन्धमा द्वीपक्षीय सम्झौता (एमओयू) भएको छ ।

कमेन्ट गर्नुहोस्