काठमाडौँ । कक्षा १२ को पूरक परीक्षा मिति परिवर्तन गरिएको छ ।
गोरखापत्र दैनिकमा एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा असोज ९ र १० गते हुने जनाएको हो ।
परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
परीक्षामा सहभागी हुन चाहनेहरूले भदौ २२ गतेभित्र परीक्षा शुल्क बुझाउनुपर्ने पनि सूचनामा उल्लेख छ ।