स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कर्मचारी भर्नाका लागि आवेदन माग गरेको छ । करार सेवामा पदपूर्तिका लागि परिषद्ले आवेदन माग गरेको हो ।

विभिन्न अनुसन्धान कार्यक्रमहरू सञ्चालन गर्नका लागि चाहिने आवश्यक जनशक्ति खुला प्रतियोगिताद्वारा करार सेवामा लिन लागिएको परिषद्ले जनाएको छ ।

अनुसन्धान अधिकृत २२, प्रशासन सहायक र लेखा सहायक दुई-दुई जना माग गरिएको छ । स्टोर सहायक एकजनाका लागि दरखास्त आह्वान गरिएको छ ।

सात दिनभित्र तोकिए बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

कमेन्ट गर्नुहोस्