काठमाडौं । कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ राष्ट्रिय दिवस आज विभिन्न ठाउँमा सचेतनामूलक र्याली गरेर मनाइएको छ ।
बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिन यो दिवस मनाइँदै आएको छ ।नेपालमा २०६४ साल देखी भाद्र २० गते देखि राष्ट्रिय दिवसको रूपमा मनाउँदै आइएको छ ।
यस अवसरमा कपिलवस्तुको कृष्णनगर नगरपालिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, मानव बेचबिखन विरुद्ध अभियान चलाउने सङ्घ संस्थाको सहभागितामा यो दिवस मनाएको छ ।
कृष्णनगर नाकामा शान्ति पुनर्स्थापना गृह, आफन्त नेपाल, साना हातहरू नाम गरेका संस्थाले बेचबिखन रोकथामका लागि काम गर्दै आएका छन् ।