काठमाडौं । एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली बुधबार स्वदेश फर्किएको छ । भारत र पाकिस्तान जस्ता क्रिकेटका महराथी राष्ट्रसँग प्रतिस्पर्धा गरी फर्किएको नेपाली टोलीलाइ विमान स्थलमा भव्य स्वगात गरिएको हो ।
टोलीका स्वगातका लागि क्यानका पादधिकारीदेखि खेलप्रमी, खेलाडी तथा सुवेच्छुक सर्वसाधरणहरु त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए ।
खेलमा पराजीत भएपनि उतकृष्ट प्रर्दशन गरेको भन्दै खेलाडीहरुलाई स्वगतका लागि खादा,माला लगाएर ब्यान बाजा बजाएर खेलाडीको भब्य स्वागत गरियो ।
समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्वविजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आर्कषित गर्न सफल भएको थियो ।
पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले यो स्तरको प्रतिस्पर्धामा आफुलाई उभ्याउनु आफैमा ऐतिहासिक भएको क्रिकेटरहरुले जनाएका छन ।