चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा घुम्न लायक धेरै ठाँउ रहेको बताएकी छन् ।
भरतपुर ६ लक्ष्मी नारायण मन्दिर पसिरमा बिहिबारदेखि सञ्चालनमा आएको डुङ्गाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई ठुला नदी नारायणी र राप्ती रहेकाले पर्यटकीय गतिविधि धेरैभन्दा धेरै गर्न सकिने उल्लेख गरिन् ।
प्रमुख दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा दुई नदीमा बोटिङ, ¥याफ्टिङ गर्न सकिने बताइन् ।मौलाकाली केवलकार गैँडाकोटमा भएपनि यसको लाभ भरतपुरले लिई रहेको उनको भनाई छ ।
प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा ३ वटा विद्युतिय बस सञ्चालनमा ल्याइने जानकारी दिइन्।पवित्र तिर्थस्थल देवघाट जानका लागि धार्मिक पर्यटकलाई लक्ष्ति गरी ३ वटा बस सञ्चालनमा ल्याउने तयारी भईरहेको उनले बताइन् ।
भरतपुर २९ मा रहेको चौकीडाँडाबाट प्याराग्लाईडिङ हिउँदमा फेरि सञ्चालनमा आउने उनले बताइन्।‘भरतपुर भ्रमण वर्षमा यहाँको विकास पनि देखाउनु पर्छ,उनले भनिन्,‘अहिलेको मूख्य काम भनेको हरियाली प्रर्वद्धन र सरसफाई नै हो । सबैले आफ्नो गाँउलाई हरियाली र सफा राख्ने काम आजबाट सुरु गर्नुपर्छ।’
प्रमुख दाहालले हरियाली प्रर्वद्धनका लागि भरतपुर महानगरपालिकाले रु ४ करोड बढी विनियोजन गरेकोले बनेको सडकमा सौन्र्दयकरण गर्न महानगरले विरुवा उपलब्ध गराउने बताइन् ।
भरतपुर भ्रमण वर्षले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने उनको विश्वास छ ।कार्यक्रममा भरतपुर ६ का वडा अध्यक्ष कृष्णलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।