सिराह । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिराहको लहान आइपुगेका छन् । प्रधानमन्त्री स्व.प्रदीप गिरीको प्रथम वार्षिकीमा सहभागी हुन् लहान आएका हुन् ।
लहानमा प्रदीप गिरि मेमोरियल ट्रष्ट लहानद्वारा आयोजित कार्यक्रममा सहभागी हुनुका साथै गिरीको प्रथम वार्षिकी सभालाई सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक नेपाली कांग्रेसका निष्ठावन त्यागी नेता पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद एवं बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरे ।
प्रधानमन्त्रीले स्व.प्रदीप गिरीको जीवनीमा आधारित पुस्तकको विमोचन गर्नुका साथै , त्यहाँ गिरिको पुस्तकालयको समेत अवलोकन गरेका छन् । गिरीको प्रथम वार्षिकी सभामा अर्थमन्त्री रामशरण महत, माओवादी नेता मातृका यादव लगायतका नेताहरु सहभागी भएका छन् ।